सुचना
जिमी (राई) उत्थान समाज, सोलुको द्यौसी/भैलो कार्यक्रम २०७२ सम्बन्धी सूचना !!!

मितिः २०७२।०७।०९
श्रीमान्श्री/मती/सुश्रीः  अक्षयकोषदाता, बिशिष्ट, आजीवन, साधरण सदस्य तथा शुभचिन्तक महानुभावहरु  ज्यु,
“सर्वप्रथम शुभ दीपावली २०७२ को हार्दिक मंगलमय शुभकामना” 
विषयः हार्दिक निमन्त्रण
महोदय,
          उपरोक्त सम्बन्धमा जातीय अस्तित्व उच्च स्वभिमान, किरात संस्कृती हाम्रो पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै यस जिमी (राई) उत्थान समाज सोलुले आफ्नो स्थापना कालदेखि नै प्रत्येक वर्ष दीपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित तपाईहरुको घर दैलोमा तथा यहाँहरुमाझ देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको कुरा सर्व विदितै छ । 
 
          सोही अनुरुप यस वर्ष पनि दिपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित निम्न मिति, समय र स्थानमा समाजले “देउसी भैलो कार्यक्रम २०७२” को आयोजना गर्न लागेको हुदा उक्त कार्यक्रममा सहभागी भई समाजको देउसी भैलो कार्यक्रम २०७२ लाई सब्य, भब्य एवं सफल पारी दिनु हुन सबै महानुभावहरु तथा शुभचिन्तकहरुमा समाज हार्दिक अनुरोध गर्दछ ।
 
कार्यक्रम विवरणः
कार्यक्रमः जिमी (राई) उत्थान समाज, सोलुको द्यौसी÷भैलो कार्यक्रम २०७२
मिति: २०७२ कार्तिक २७ गते, शुक्रबार, ई.बि.सं. १३ नोभेम्बर २०१५, (भाईटीका बेलुकी)
स्थान: नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौ ।
समय: साँझ ६ः०० बजे देखि 
सम्पर्क नं.
९८४१२५५९४२९(अध्यक्ष), ९८४१२६१४३९(महासचिव),
९८४९०७०७४३ (सचिव), ९८४१२२१५३५(सल्लहाकार केशव कु.राई),
९८४१३१३९४४ (कोषाध्यक्ष), ९८५१०६४९९५(सदस्य जे.वि. माइला राई),
९८४९४३५८४९ (सदस्य हरिमाय/सरिता राई), ९८५१०१२५९२ (सदस्य गण्ोश राई)
आयोजकः
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं ।
द्यौसी-भैलो कार्यक्रम २०७२,
 
 
 
 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player