हाम्रो गतिविधि
केन्द्रीय सदस्यद्धारा अक्षयकोष प्राप्तः

           जिमी (राई) उत्थान समाज, सोलु, केन्द्रीय समिति, काठमाण्डौको पहलमा स्थापना भई यस मातहत सञ्चालनार्थ विशेष किसिमको अक्षयकोष जिमी (राई) सन्जीवनि स्वस्थ्य उपचार कोष को लागि थप नयाँ एउटा वटा अक्षयकोष यस समाजलाई प्राप्त भएको छ । सोलुखुम्बु जिल्ला, नेचा सल्यान पुर्खौली बसोबास भई हाल महाराजगञ्ज, काठमाण्डौमा बस्नुहुने तथा यस समाजका बर्तामान केन्द्रीय सदस्य श्री इन्द्र चाली राई नयाँ थप अक्षयकोषदाता हुनुहुन्छ । उहाँले रु.५१,०००।०० ( रुपैयाँ एकाउन्न हजार), रुपैयाँ प्रदान गर्नु भएको छ । 

        सोलुखुम्बुका किराती समुदाय भित्रका जटिल किसिमको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटु सम्बन्धीको समस्याबाट पिडित महानुभावहरुलाई उपाचारमा सहयोग गरी नयाँ जीवन दिलाउने प्रयास स्वरुप करिब पाँच बर्ष भित्र रु.१०,०००,०००।– (अक्षेरुपी एक करोड रुपैयाँ) मूलधनको जिमी (राई) सन्जीवनि स्वस्थ्य उपचार कोषको स्थापना गर्न लागेकोमा सोहि अभियानलाई सफल पार्न समाजलाई अमूल्य सहयोग प्रदान गर्नु भएकोमा उहाँ अनी उहाँहरुका स–परिवारहरु प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछ । 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाण्डौ ।

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player