सुचना
भाषिक रचना/सिर्जना वाचन तथा छलफल कार्यक्रम’ (तेस्रो श्रृंखला)

जिमी (राई) उत्थान समाज सोलु, सोलुखुम्बु जिल्लाका आम् किरात जिमी (राई) र पुख्र्यौली घर सोलुखुम्बु भई हाल देश–विदेशमा छरिएर रहनुभएका सम्पूर्ण किरात जिमी (राई) समुदायहरुको भाषा, संस्कृति, रीतिरिवाज, परम्परा एवम् साँस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको संरक्षण गर्दै आफ्नो समुदायको सामाजिक एवम् आर्थिक उन्नति र विकासका लागि स्थापनाकालदेखि निरन्तर क्रियाशील संस्था हो । समाजद्वारा मातृभाषाको विकास र संरक्षणमा टेवा पु¥याउने उद्देश्यले तपशिल मिति, स्थान र समयमा ‘भाषिक रचना/सिर्जना वाचन तथा छलफल कार्यक्रम’ (तेस्रो श्रृंखला) आयोजना गर्न लागिरहेको सहर्ष जानकारी गराउँदै आम् साहित्यपे्रमी महानुभावहरुलाई आफ्नो मातृभाषाको रचना/सिर्जना सहित सहभागी भईदिनहुन हार्दिक अनुरोध गर्दछौ । 

तपशिल 
मिति : २०७२ श्रावण १६ गते
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
समय : बिहान ठिक ११ः०० बजे


आयोजक :-

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति,
काठमाण्डौं 

सहआयोजक :-
किरात खालिङ राई उत्थान संघ, केन्द्रीय समिति
थुलुङ (राई) सामा, नेपाल, केन्द्रीय समिति
किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, केन्द्रीय समिति
थुलुङ राई संस्कृति प्रतिष्ठान, लोखिम, सोलु

केशव राई
संयोजक
सम्पर्क नं. ९८४१२२१५३५


कार्यक्रम सम्बन्धी थप जानकारी :
१. किराती मातृभाषा (कुलुङ, खालिङ, थुलुङ, बाहिङ र नाछिरिङ) भाषामा लेखिएको रचनालाई समावेश गरिनेछ । 
२. वाचन स्वयम् सर्जक उपस्थित भई गर्नुपर्नेछ ।
३. किराती मौलिकता र विषयमा आधारित नेपाली खसभाषाको जिर्सना पनि वाचनको अवसर दिईनेछ । 
४.भातृभाषाका रचनाकारलाई सहभागीताको प्रमाणपत्र उपलब्ध गराईनेछ । 
५. कार्यक्रममा वाचन गरिएका रचनाहरु समाजको नियमित प्रकाशन प्रवाहमा प्रकाशन गर्ने प्रयास गरिनेछ ।

 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player