हाम्रो गतिविधि
समाजको १७ औं बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम सम्पन्न

मिति २०७२ भदौ १९ गते शनिबार सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा समाजका केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई ज्युको सभाध्यक्षता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्री रामकाजी वान्तवा ज्यूको प्रमुख आतिथ्य, त्यसैगरी अतिथिहरुमा किराती अगुवा तथा अधिवक्ता टंक राई, समाजसेवी मुगा वान्तावा राई, किरात खालिङ राई उत्थान संघ, केन्द्रीय अध्यक्ष श्री धन खालिङ राई, थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष श्री निर्कुधन राई, किरात कुलुङ्ग भाष संस्कृति उत्थान संघ, के.स. अजय कुलुङ “अलङकार”, काँकु समाबेसीका अध्यक्ष श्री जस बहादुर राई, थुलुङ्ग (राई) सामा नेपालका केन्द्रीय सचीव श्री कृष्ण प्रसाद थुलुङ्ग राई, अक्षयकोषदाता एवं पूर्व सभासद श्री गोकर्ण थुलुङ्ग लगायत अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अक्षयकोषदाताहरु र सल्लाहकार ज्यूहरुको आतिथ्यमा समाजको १७ औं बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम सम्पन्न भयो ।

 
समाज, समुदाय र राष्ट्रालाई पुरयाउनु भएको योगदानको उच्चमूल्याकङकन गर्दै यस पटकको  "सूर्या बहादुर राई तथा आसारमाया राई पत्रकारिताकोष २०७१" द्धारा श्री प्रकाश खालिङ लाई सम्मान गरिएको थियो । यसै गरी समाजका नयाँ थप बिशिष्ट र आजीवन सदस्यहरुलाई पनि सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । 
 
कार्यक्रममा केन्द्रीय आर्थिक प्रतिवेदन, केन्द्रीय संगठानीक प्रतिबेदन, सामाजीक समसामयीक विषय बस्तुका साथै समाज र समुदाय विश्लेषन तथा विबेचना समेत आम उपस्थित महानुभावहरु सामु प्रस्तुत भएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player