सुचना
बनभोज कार्यक्रम २०७० कार्यक्रममा सादर आमन्त्रण तथा हार्दिक निमन्त्रण

 

विषयः सादर आमन्त्रण तथा हार्दिक निमन्त्रण

जिमी (राई) उत्थान समाज केन्द्रीय समितिको मिति २०६९ साल चैत्र १ गते बसेको बैठक निर्णय बमोजिम नयाँ वर्ष २०७० सालको सुखद उपलक्षयमा शुभकामना आदन–प्रदानको निम्ति जिमी (राई) उत्थान समाज, केन्द्रीय समितिद्धारा ”वनभोज कार्यक्रम –२०७०” आयोजन गरिने ब्यहोरा अवगत गराउदै यसै कार्यक्रमको उपलक्ष्यमा  केही साँस्कृतिक कार्यक्रम का साथ केहि खेलकुद (विङ्गो तथा धनुकाँड (आर्चरी) खेल तथा प्रतियोगिता समेत हुने ब्यहोरा पनि जानकारी गर्दछौ । 

उपरोक्त कार्यक्रममा  सदा झै यस पटक पनि यहा“हरुलाई उपस्थितिको लागि सादर आमन्त्रण गर्दै मान्यजन, परिवार र अन्य साथी–भाईहरुलाई पनि उपस्थित गराई नयाँ वर्ष २०७० सालको सुखद उपलक्ष्यमा शुभकामना आदन–प्रदान गरि कार्यक्रमलाई भव्यताको साथ सफल पार्न सहयोग पु¥याइदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कार्यक्रमको समय तालिका निम्न बमोजिम रहेकोछ । 

१) बनभोज कार्यक्रम २०७०:

मितिः २०७०।०१।१४, शनिबार

समयः बिहान ८:३० बजे देखि बेलुकी ५:३० बजे सम्म

स्थानः शंखपार्क, महाराजगञ्ज, काठमाण्डौ । 

 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाण्डौं

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player