हाम्रो गतिविधि
रु.१,०००,०००।– (दश लाख रुपैयाँ) मूलधनको लक्ष्य सहित जिमी (राई) उत्थान समाज, सोलुमा थप १ वटा नयाँ मेडिकल ट्रष्टको स्थापना

 
                 मिति २०७२।०७।०९, जिमी (राई) उत्थान समाज, सोलुको नियमित केन्द्रीय बैंठक सम्पन्न भई रहदा आज  यस समाजका बिशिष्ट सदस्य एव. बर्तमान केन्द्रीय कार्यसमितिका सदस्य श्री गणेश थुलुङ राईद्धारा २०७२ को वडा दशै एवं दीपावलीको पावन अवसरलाई शुभसाइत एवं शुभारम्भ गर्दै यस समाजलाई रु.५०,०००।(अक्षेरुपी पचास हजार) रकम बराबरको चेक मार्फत केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईलाई आज हस्तान्तरण गर्नु भएको छ । उक्त मूलधन अहिलेलाई आफ्नो ब्याक्तिगत तर्फबाट रहेको र भविष्यमा, अर्थात अव आउने दिनहरुमा कोरियामा रहेका शुभचिन्तक तथा त्यहाका सम्पर्क समितिहरुसाथ मिलेर यस मूलधनलाई बृद्धि गर्दै लगेर कम्तिमा रु.१,०००,०००।– (दश लाख) को मूलधन पु–याउने लक्ष्यका साथ कुरा भई सकेको जानकारी गराउदै, यस दुनीयाँमा सबै भन्दा अमूल्य वस्तु भनेकै मानव शरिर हो । मानव शरिर रहनको निमित्त मानव जीवन अर्थात प्राण एक अपहार्य संसार हो । यसले यस मूलधनबाट आएको ब्याजलाई स्वस्थ्य उपचार अन्तरगत नै खर्च गरिदिन समेत उहाले आफ्नो अमूल्य भनाई प्रस्तुत गर्दै अनुरोध गर्नु भएको छ । 
 
          समाजका केन्द्रीय महासचिव बिक्रम बाबु राई, उपाध्यक्ष श्री प्रेमकुमारी राई, उपाध्यक्ष श्री कृष्ण कुमार राई, केन्द्रीय सल्लहाकारहरु, उपस्थित अन्य केन्द्रीय सदस्यहरु लगायत पदाधिकारी, आमन्त्रित महानुभावहरु र केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई लगायस सवैले हार्दिक अभार प्रकट गर्दै उक्त अक्षयकोषलाई अक्षयकोषदाताको भावना अनुरुप नै चुस्त, दुरुस्त र पारदर्शीतालाई आत्मसाथ गर्दै ब्यवस्थित तवरले लगिने ब्यहोरा ब्यक्त तथा बाचा गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । 
 
जिमी (राई) उत्थान समाज, सबै मातहातका समितिहरु, समाजका विशिष्ट, आजीवन, साधारण सदस्यहरु, सल्लहाकार, अन्य अक्षयकोषदाताहरु एवं सम्पूर्ण शुभचिन्तक र महानुभावहरु यस अक्षयकोषदाता प्रति हार्दिक अभार प्रकट गर्दछौं ।
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player