हाम्रो गतिविधि
दम्दाररुपी जिमीको २०७२ सालको देउसी भैलो सम्पन्न

         जिमी (राई) उत्थान समाजले मिति २०७२ साल कार्तिक २७ गते शुक्रबार (भाई टीका)को दिन साँझ २०७२ सालको दीपावलीको सु अवसरमा देउसी भैलौ २०७२ कार्याक्रम आयोजन गरेको छ । करिब २ महिना भन्दा बढि मदेशी मोर्चाको तराई मदेश तथा भन्सार नाका बन्दी र छिमेकी मित्रराष्ट्र भारतको अघोषित भन्सार नाका बन्दीका कारण विविध दैनिकीय उपभोग्य बस्तुहरु लगायत पेट्रोलिम आदिको चरम अभाव र बिषम् परिस्थितिमा पनि उक्त कार्यक्रम नव दुर्गा पार्टी प्यालेस, सुकेधारामा सम्पन्न भएको छ । सदा झै यस पटक पनि यस समाजलाई अतभूत माया गर्नु हुने विशिष्ट, आजीवन, साधारण सदस्यहरु, अक्षयकोषदाताहरु, विशिष्ट ब्यक्तित्व, बुद्धिजीविहरु, जिमी तथा गैर जिमी दाजुभाईहरुको सोचे भन्दा सयौ गुणा बढी, करिब एक हजार जना भन्दा बढिको बाक्लो उपस्थिति माझ बिभिन्न संघ संस्थाहरु लगायत सफल तथा स्थापित कलाकारहरुको बेजोड प्रस्तुती साथ जिमी (राई) उत्थान समाजको २०७२ सालको "देउसी भैलो कार्याक्रम २०७२" सम्पन्न भएको छ । 
 
                     यसै कार्याक्रममा यस समाजको केन्द्रीय समितिले सोलुखुम्बुका किराती समुदाय भित्रका जटिल किसिमको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटु सम्बन्धीको समस्याबाट पिडित महानुभावहरुलाई उपाचारमा सहयोग गरी नयाँ जीवन दिलाउने प्रयास स्वरुप करिब पाँच बर्ष भित्र करिब रु.१०,०००,०००।– (अक्षेरुपी एक करोड रुपैयाँ) को विशेष स्वस्थ्य कोष (Special Medical Trust) स्थापना गर्न लागेकोमा सोहि अभियानलाई सफल पार्न सल्यान १, सोलुखुम्बु स्थायी ठेगाना भई हाल बालुवाटार ४, काठमाण्डौमा रहनु भएका किराती समुदायका अगुवा, समाजसेवी, Retired British Army, यस समाजका अक्षयकोषदाता र समाजका श्रद्धेय अध्यक्ष श्री यस बहादुर राई र अध्यक्षद्धय श्रीमती तथा अक्षयकोषदाता राधादेबी राई ज्युले "Charity Begins At Home", कथनलाई चरितार्थ गरी रु.५०,०००(अक्षेरुपी पचास हजार रुपैयाँ)कम समाजलाई उपलब्ध गराउने उद्घोष र प्रतिबद्धता गर्नु भएको छ । यसै गरी उक्त स्पेशल ट्रष्ट र यस समाजलाई सदैव आत्मासाथ गरी रहनु हुने सल्यान १, सोलुखुम्बु स्थायी ठेगाना भई हाल हरिसिद्धि ललितपुरमा रहनु भएका समाजका बिशिष्ट सदस्य ई. श्री कुञ्जनी राई ज्यूले पनि रु. ५०,०००। (अक्षेरुपी पचास हजार रुपैयाँ) समाजलाई उपलब्ध गराउने उद्घोषका साथ प्रतिबद्धता गर्नु भएको छ । 
 
       यसै गरी यसै ट्रष्ट अन्तरगत २०७२ को वडा दशै एवं दीपावलीको पावन अवसरलाई शुभसाइत एवं शुभारम्भ गर्दै यस समाजलाई रु.५०,०००।– (अक्षेरुपी पचास हजार) रकम उपलब्ध गराई सक्नु हुने यस समाजका बिशिष्ट एव. बर्तमान केन्द्रीय कार्यसमितिका केन्द्रीय सदस्य श्री गणेश थुलुङ राईलाई केन्द्रीय समिति लगायत बिशिष्ट ब्यक्तित्व र बुद्धिजीबिहरुद्धारा खादा ओडाई सम्मान गरिएको थियो । 
 
           यसै कार्याक्रमको अवसर साथै समाजप्रतिको पूर्ण विश्वास अनि समाजको गतिबिधि प्रति अभिप्रेरित भई मुक्ली सोलुखुम्बु स्थायी ठेगाना भई हाल गोल्फुटार, काठमाण्डौमा रहनु हुने समाजसेबी, अतुलनीय एवं बृह्त्तर बिचारकी मनकाधनी सुश्री शान्ती राई ज्युले समेत स्व. बुबा क्या. झमकसिं राई तथा स्व. आमा टिकादेबी राई ज्यूको स्मृतिमा रु. १००,००० (अक्षेरुपी एक लाख रुपैयाँ) रुपैयाँ समाजलाई प्रदान गर्नु भएको छ । 
 
          यी आदि सबै दानबीरहरु, मनकाधनीहरु, समाजसेवीहरु अनी उहाँका स–परिवारहरु प्रति, यस देउसी भैलो कार्यक्रममा उपस्थित महानुभावहरु, दान दक्षिण उपलब्ध गराउनु हुने दानबीरहरु तथा शुभेच्छुकहरु प्रति यस समाज सदैव उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछ । 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।
 
 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player