जिमी (राई) उत्थान समाजले मिति २०७१ साल कार्तिक ८ गते शनिबार (भाई टीका)को दिन साँझ २०७१ सालको दीपावलीको सु अवसरमा देउसी भैलौ २०७१ आयोजन गरेको छ । उक्त कार्यक्रम नव दुर्गा पार्टी प्यालेस, सुकेधारामा सम्पन्न भएको छ । सदा झै यस पटक पनि यस समाजलाई अतभूत माया गर्नु हुने विशिष्ट, आजीवन, साधारण सदस्यहरु, अक्षयकोषदाताहरु, विशिष्ट ब्यक्तित्व, बुद्धिजीविहरु, जिमी तथा गैर जिमी दाजुभाईहरुको करिब एक हजार जना भन्दा बढिको बाक्लो उपस्थिति माझ बिभिन्न संघ संस्थाहरु लगायत सफल तथा स्थापित कलाकारहरुको बेजोड प्रस्तुती साथ जिमी (राई) उत्थान समाजको २०७१ सालको देउसी भैलो २०७१ सम्पन्न भएको छ । सम्पूर्ण उपस्थित एवं अनुपस्थित शुभचिन्तक तथा महानुभावहरु प्रति यो समाज सदैवा यहाँहरुको साथको अपेक्षा साथ उच्च कदर गर्दै हार्दिक अभार प्रकट गर्दछ ।
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति,
काठमाण्डौं