हाम्रो गतिविधि
जिमी (राई) उत्थान समाजको पाचौं केन्द्रीय सम्मेलन सम्पन्न


काठमाण्डौ । जिमी (राई) उत्थान समाज, सोलुको पाचौं केन्द्रीय सम्मेलन चैत्र १५ गते राजधानीको डिल्लीबाजर स्थित नेपाल साँस्कृतिक संघमा सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका संयोजक यस बहादुर राईको सभापतित्वमा भएको उद्घाटन सत्रमा किरात राई यायोक्खाका महासचिव दिवस राई प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।  कार्यक्रमको खुल्लासत्रमा पुर्व माननीय भूपाल किराती, गोकर्ण राई, किरात कुलुङ भाषा, संस्कृति उत्थान संघको महासचिव ईन्द्र कुलुङ, किरात खालिङ राई उत्थान संघका अध्यक्ष धन बहादुर खालिङ राई, क्षेत्रीय समिति धरानका अध्यक्ष पुण्या बहादुर राई, स्थानीय समितिका अध्यक्ष बुद्धिकिरण राई लगायत, समाजका अक्षयकोष दाता, संरक्षक, विशिष्ट, आजीवन, साधारण सदस्य र शुभेच्छुक महानुभावहरु गरी करिब तीनसय जिमी (राई) एवं गैर जिमी महानुभावहरुको उपस्थिति रहेको थियो ।


सम्मेलनले यस बहादुर राईको अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको चयान गरेको छ । जसमा पाँचजना भने कार्यसमितिले पछि मनोनयन गर्ने गरी २२ जना सम्मेलनको बन्दसत्रबाट निर्वाचित गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमकुमारी राई(महिला), कृष्णकुमार राई(पुरुष), महासचिवमा विक्रमबाबु राई, सचिवमा भोजानन्द राई, सह–सचिवमा अबि राई, कोषाध्यक्षमा बखत ब. खालिङ राई निर्वाचित हुनुभएको छ, भने । सदस्यहरुमा ईन्द्र चाली राई, जसिहाङ राई, जेबि माईला, बबिता राई, सुरज राई, गणेश थुलुङ राई, सुष्मा राई, ईश्वरी राई, कुमार खालिङ राई, संगीता राई, राजकुमार राई, हेमन्तकला राई, मन्दिरा राई, हरिमाया राई र केशव राई रहनुभएको छ ।


खुल्ला सत्रलाई सम्बोधन गर्नुहदै कार्यक्रमका प्रमुख अतिथि एंव किरात राई यायोक्खाका महासचिव दिवस राईले किरात राईहरुबीचको एकतालाई कायम राख्दै भाषिक रुपमा रहेको विविधताको संरक्षण र विकास गर्न पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै जिमीले किरात राई समुदायमा देखिएको आन्तरिक समस्यालाई सुल्झाउन यायोक्खा लगायत सबैलाई एकठाँउमा ल्याई वार्ता र संवाद गर्ने पहल गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस प्रकारको भुमिका जिमीले खेल्दै जाने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा अन्य विभिन्न भाषिक संस्थाका प्रतिनिधीहरुले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै भाषिक विविधतालाई संरक्षण गर्दै किराती एकतालाई मजबुत बनाउनु पर्ने बताउनुभयो ।

सम्मेलनको खुल्लासत्रमा काँकु–८, सोलुखुम्बुका संगीता खालिङ राईलाई जीवनका अप्ठयारा मोडहरुलाई साहसपूर्वक पार गर्दै समाजमा प्रस्तुत उदाहरणीय योगदानको कदर गर्दै नगद तथा सम्मान पत्र सहित २०७० सालको मदन परिवर्तन अभियान पुरस्कारद्धारा सम्मान गरियो भने उद्योग ब्यावसायको क्षेत्रमा समाज र राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै उद्योग ब्यावसायी प्रदिव राईलाई पनि नगद र सम्मान पत्र सहित २०७० सालको मन लक्की उद्यामी पुरस्कारबाट सम्मान गरियो ।

यसै सम्मेलनको सु–अवसरमा स्थायी सल्यान–१, सोलुखुम्बु तथा हाल पोखरा निवासी ई. कुञ्जनी राई तथा श्रीमती सुनीता राई द्धारा रु.१,२२,२०२.०० (अक्षेरुपी एक लाख बाइस हजार दुई सय दुई रुपैया) रकम बराबरको चेक ड्रिम प्रोजेक्ट ९म्चभबm एचयवभअत० को लागि आर्थिक सहयोग यस संस्थालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो । यसै अवसरमा नै जिमी (राई) उत्थान समाज, सोलुका वर्तमान केन्द्रीय अध्यक्ष यस बहादुर राई ज्युले पनि रु.१,०१,०००।०० (अक्षेरुपी एक लाख एक हजार रुपैया) रकम ड्रिम प्रोजेक्टको लागि आर्थिक सहयोगको घोषणा गर्नु भएको थियो ।

खुल्लासत्रको समापन गर्नुहुदै कार्यक्रमका सभापति एवं समाजका केन्द्रीय अध्यक्ष यस बहादुर राईले संस्था सबैको साथ, सहयोग र शुभेच्छले आफ्नो लक्ष्य हाँसिल गर्दै यहाँसम्म आईपुगेको बताउदै सबैलाई धन्यवाद दिनुभयो । त्यस्तै समाजले समुदायमा सामाजिक चेतनाको विस्तार गर्दै पछिल्ला पुस्तालाई सामाजिक र उद्यमशील बनाउन प्रोत्साहित गर्ने बताउनुभयो । खुल्लासत्र कार्यक्रम जसिहाङ राईले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य ईन्द्र चाली राईले राख्नुभएको थियो । त्यस्तै कार्यक्रम अवधिभर प्राविधिकको रुपमा थिरराज राईले भुमिका निर्भाह गर्नुभएको थियो ।


बन्दसत्रलाई दुईचरणमा विभाजन गरिएको थियो । पहिलो चरणको सभापतिका रुपमा अध्यक्ष यसबहादुर राई र संचालन विक्रमबाबु राईले गर्नुभयो । उक्त बन्दसत्रमा तत्कालिन महासचिव केशर राईले सांगठनिक एवं गतिविधीमुलक प्रतिवेदन र कोषाध्यक्ष बखत ब. राईले आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने सचिव भोजानन्द राईले संशोधनको लागि विधान मस्यौदा प्रस्तुत गर्नुभयो । आवश्यक छलफल र टिप्पनी पछि बन्दसत्रले अनुमोदन गरियो ।


नयाँ कार्यसमिति गठन प्रयोजनको लागि तीन सदस्यीय निर्वाचन मण्डलको गठन गरिएको थियो । जसमा प्रमुख निर्वाचन आयुक्तमा गोकर्ण थुलुङ्ग राई र निर्वाचन आयुक्तमा मानवीर खालिङ राई र सुर्य कुलुङ राई रहनुभएको थियो ।
खुल्लासत्रको समापन पछि विगतदेखि अहिलेसम्म समाजले गरेका गतिविधीहरुको झलक प्रस्तुत गरिएको थियो । अन्तमा नयाँ निर्वाचित कार्यसमितिलाई सफथ ग्रहण गराई शुभकामना मन्तव्य सहित कार्यक्रमको समापन निर्वाचन मण्डलका प्रमुख आयुक्त गोकर्ण थुलुङ्ग राईले गर्नुभयो ।

प्रस्तुती ः अबि राई
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player